समाज

कोरलानाका जोड्ने मुस्ताङको कागखोलामा बेलिब्रिज निर्माण गरिँदै

कोरलानाका जोड्ने मुस्ताङको कागखोलामा बेलिब्रिज निर्माण गरिँदै

मुस्ताङ । उपल्लो मुस्ताङको कोरलानाका जोड्ने वारागुङ मुक्तिक्षेत्र—४ कागबेनी खोलामा बेलिब्रिज निर्माण भैरहेको छ  । 

दुई वर्षअघि मुस्ताङको कागखोला बाढीले निर्माणको अन्तिम चरणमा पुगेको पक्की पुल बगाएपछि कालिगण्डकी करिडोर सडक आयोजनाले यहा बेलिब्रिज निर्माण थालिएको हो । 

कोरलानाका जोड्ने कागखोलामा बेलिब्रिज निर्माणका लागि तीस लाख खर्च भएको छ । बेलिब्रिज स्थापनाका लागि उत्तर दक्षिण दुईतर्फी फाउन्डेसन वालमा १० लाख ,बेलिब्रिजका लागि अपुग स्टील पार्टमा १० लाख र बेलिब्रिज जडानकार्यमा १० लाख बजेट खर्च भएको आयोजनाले जनाएको छ ।

मुस्ताङकोे कागबेनीमा २०७५ सालदेखि निर्माणधिन रहेको पक्की पुल २०८० साउन २८ गतेको कागखोलाको बाढीले बगाएर क्षति पुगेको र त्यसस्थानमा बेलिब्रिज स्थापना गरिएको हो । 

कोरला सडक अन्तर्गत अधिकाँश स्थानमा पक्की मोटरेबल पुल बनिसकेको भएपनि कागखोलामा पुल नहुँदा उपल्लो मुस्ताङ र कोरलानाका आउजाउ गर्ने सवारी साधनलाई समस्या हुँदै आएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *