सिन्धुली । सिन्धुलीमा भुइँकटहरको व्यावसायिक खेती विस्तार हुँदै गएको छ ।
बजारमा माग बढ्नुका साथै कटहरले आम्दानी समेत राम्रो दिन थालेपछि खेती विस्तार हुँदै गएको हो ।
यसको आम्दानीले जीवीकोपार्जनमा सहयोग पुगेको किसान बताउँछन् । सिन्धुलीमा भुइँकटहर खेतीले किसानलाई आत्मर्निभर मात्रै बनाएको छैन । व्यापारीलाई स्वरोजगार समेत बनाएको छ ।
भुइँकटहर खेतीमा किसान, व्यवसायी उत्साहित छन् । यसको व्यावसायिक खेती विस्तारमा बागवानी विकास केन्द्र, सिन्धुलीले पनि सघाईरहेको छ ।