मुख्य समाचार

बीबीसीका महानिर्देशक डेभी र समाचार प्रमुख टर्नेसले दिए राजीनामा

बीबीसीका महानिर्देशक डेभी र समाचार प्रमुख टर्नेसले दिए राजीनामा

एजेन्सी । बीबीसीका महानिर्देशक टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले एकै दिन राजीनामा दिएका छन ।  एक ‘पानोरमा’ डकुमेन्ट्रीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषण सम्पादन गरी दर्शकलाई भ्रममा पारेको भन्ने आलोचना भएपछि दुबैजनाले राजीनामा दिएका हुन । बीबीसीको इतिहासमा महानिर्देशक र समाचार प्रमुखले एकै दिन राजीनामा दिनु अभूतपूर्व घटना हो । सोमबार ’द टेलिग्राफ’ ले सार्वजनिक गरेको आन्तरिक बीबीसी मेमोमा पानोरमा कार्यक्रमले ट्रम्पको भाषणको दुई भागलाई जोडेर जनवरी २०२१ को क्यापिटल हिल दङ्गालाई प्रोत्साहन गरेको देखिने गरी प्रस्तुत गरिएको थियो । त्यसपछि राजीनामा घोषणा गर्दै डेभीले टर्नेसले पनि पानोरमा विवादले ‘बीबीसीलाई क्षति पु¥याएको स्वीकार गरेका हुन । पाँच वर्षदेखि महानिर्देशकको भूमिकामा रहेका डेभीले पछिल्लो समय बीबीसीमाथि लाग्दै आएका पक्षपात र विवादहरूको कारण बढ्दो दबाबको सामना गरेका थिए । बेलायती राजनीतिक नेताहरूले यो राजीनामापछि बीबीसीमा परिवर्तन आउने अपेक्षा राखेका छन भने अमेरिकीइ राष्ट्रपति ट्रम्पले निर्णयको स्वागत गरेका छन ।। 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *