मुख्य समाचार

छ वटा मध्ये पाँच वटा महानगरले ल्याए बजेट

छ वटा मध्ये पाँच वटा महानगरले ल्याए बजेट

काठमाडौं । स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आआफ्नो सभामा बजेट पेस गर्नुपर्ने कानूनी व्यवस्था भए पनि छ वटा महानगरपालिकामध्ये पाँच वटाले मात्र सभामा बजेट पेस गरेका छन् । 

ललितपुर महानगरपालिका र विराटनगर महानगरपालिकाले मङ्गलबार, वीरगन्जले सोमबार र भरतपुर तथा पोखरा महानगरपालिकाले त्यसअघि नै आआफ्नो सभामा बजेट पेस गरेका हुन् । 

ललितपुर महानगरले सात अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको छ । विराटनगरले चार अर्ब ४० लाख रुपैयाँको बजेट ल्याएको छ । वीरगन्जले तीन अर्ब २२ करोड ४८ लाख ४० हजार रुपैयाँको बजेट ल्याएको छ । 

काठमाडौं महानगरपालिकाले भने नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको आन्तरिक विवादले गर्दा सभामा बजेट पेस गर्न सकेन ।  अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहले असार १० भित्रै आआफ्नो सभामा बजेट पेस गरी असार मसान्तभित्र सभाले बजेट पास गर्नुपर्ने कानूनी व्यवस्था छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *