मुख्य समाचार

भदौ २३ र २४ को घटनामा कांग्रेस र एमाले नै संलग्न रहेको बालेनको आरोप

भदौ २३ र २४ को घटनामा कांग्रेस र एमाले नै संलग्न रहेको बालेनको आरोप

काठमाडौ । काठमाडौँ महानगरका प्रमुख बालेन शाहले जेनजी आन्दोलनका क्रममा भएको आगजनी र लुटपाटमा कांग्रेस र एमाले नै संलग्न रहेको आरोप लगाएका छन् । बुधबार साँझ सामाजिक सञ्जालमा लेख्दै बालेनले आन्दोलनमा पुरै देश एमालेले काँग्रेसको र काँग्रेसले एमालेको जलाउछ, अनि दोष आफ्नो बाल बच्चालाई दिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । भदौ २३ र २४ गतेको घटनालाई लिएर नेताहरूप्रति कटाक्ष गर्दै बालेनले तुइन र काठको पुल बनाउने नेताहरूले नै मुलुक विदेशीले बिगारेको भन्ने गरेको टिप्पणी समेत गरेका छन् । उनले नेताहरूलाई लक्षित गर्दै ’भिसा पाउनलाई तिमिहरूको घर धाउनुपर्ने अरूलाई एजेन्ट भन्छौँ भन्दै आक्रोश पोखेका छन् । उनले आफूलाई लुसिफर भनेकोमा  कडा प्रतिवाद समेत गरेका छन् । उनले सामाजक सञ्जालमा चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्न लाज लाग्दैन भन्दै प्रश्न गरेका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *