समाज

एभिन्यूज प्रभाव : प्रहरी निरीक्षक दिनेश गुरुङ पक्राउ

एभिन्यूज प्रभाव : प्रहरी निरीक्षक दिनेश गुरुङ पक्राउ

काठमाडौं । प्रहरी निरीक्षक दिनेश गुरुङ मंगलबार पक्राउ परेका छन् । 

जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले गुरुङलाई पक्राउ गरेको हो । गुरुङकी पूर्वपत्नीको जाहेरीमा उनी पक्राउ परेका हुन् ।

गुरुङ विरुद्ध जबरजस्ती करणी तथा ज्यान मार्ने उद्योगको मुद्धा परेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालको १ नम्बर गणमा कार्यरत गुरुङलाई मंगलबार थुनामा राखिएको परिसरका एसपी चक्रराज जोशीले जानकारी दिए । 

थुनामा पर्नुअघि गुरुङले फेसबुक पेज मार्फत आफू पूर्वपत्नीबाट पीडित भएको उल्लेख गरेका छन् । उनले पूर्वपत्नीसँगै रहेकी छोरीलाई भेट्न जाँदा आफूमाथि अभद्र व्यवहार भएपछि प्रतिकार गरेको बताएका छन् । 

गुरुङ र उनको पत्नी सुभद्रा दाहालले डीएसपी र दुईजना इन्स्पेक्टरकै अगाडिसमेत हातपात गरेको खवर एभिन्युज पहलमा प्रसारण गरिएको थियो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *