महोतरी । महोतरीको मटिहानी नगरपालिकामा रहेको साढे चार बिगाहा सार्वजनिक जग्गा व्यक्तिका नाममा ल्याउने प्रयास विफल भएको छ ।
वडा नंम्बर ५ स्थित गोवरौडाको ४ विगहा १० कठा १५ धुर सार्वजनिक जग्गा भूमाफियाको चलखेलका कारण नापीबाट कित्ताकाट गरिएकोमा अहिले बदर भएको हो ।
आर्थिक चलखेलबाट सो जग्गालाई नापी कार्यालयको मिलेमतोमा ४२ कित्तामा काटिएका सो जग्गा अन्तत: बदर भएको एक नम्बर नापी गोश्वाराका पमुख नवल यादवले जानकारी दिएका हुन् ।
सार्वजनिक जग्गाको विषयमा एभिन्यूजले खबर प्रशारण गरेको थियो । समाचार सार्वजनिक भएपछि गोसाईकुण्डपोखरीमा रहेकोे ४२ वटा किता जग्गा बदर गरिएको हो । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान टंगालले मालपोत कार्यालय एक नम्बर नापी गोश्वारा र नापी कार्यालयसँग पत्राचार गरी सोधपुछ गरेर छानविन अघि बढाएको छ ।
पुरानो नापजाँच त्रुटीपूर्ण रहेको भन्दै गोश्वाराका प्रमुख यादवले यसअघि नापी भएका ४२ वटा किताहरु साउन १५ गतेको निर्णय अनुसार बदर गरिएको बताए ।