समाज

एभिन्यूजकर्मी रजकको हत्याको घटना अन्तर्राष्ट्रियकरण गर्ने आर.एस.एफ.को प्रतिवद्वता

एभिन्यूजकर्मी रजकको हत्याको घटना अन्तर्राष्ट्रियकरण गर्ने आर.एस.एफ.को प्रतिवद्वता

काठमाडौं । चैत्र पन्ध्र गते काठमाडौंको तीनकुनेमा एभिन्यूजकर्मी सुरेश रजकको हत्या भएको घटनाको विषयमा पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रता सम्बन्धी आवाज उठाउँदै  आइरहेको अन्तर्राष्ट्रिय संगठन रिपोर्टर्स विथआउट बोर्डर्स (आर.एस.एफ.)का प्रतिनिधिले अध्ययन सुरु गरेका छन् ।

स्वतन्त्रत पत्रकारिताको रक्षा र प्रवद्र्धनको अग्रपंक्तिमा रहेको बोर्डर्सका प्रतिनिधिले एभिन्यूज खबरको कार्यालयमा आएर घटनाबारे जानकारी लिएका हुन । सो क्रममा रिपोर्टर्स विथआउट बोर्डर्सका महानिर्देशक थिबाउत बुु्रतिनले घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रतिबद्धता जनाए । 

रिपोर्टर्स विथआउट बोर्डर्सका प्रतिनिधिसँगको छलफलमा एभिन्यूज खबरका कार्यकारी अध्यक्ष भाष्करराज राजकर्णिकारले रजकको हत्याको विषयमा सरकारले छानविन नै नगरेको भन्दै चिन्ता प्रकट गरे । हत्याको छानविन गरि दोषीलाइ कारबाहीको दायारामा ल्याउनुपर्ने उनको भनाई छ । 

गत चैत्र १५ गते तीनकुनेमा पत्रकार हत्या भएको घटनाको महानिर्देशक ब्रुतिनका साथै बिनोद ढुंगेल र सेलिया मर्सियरको टोलीले अध्ययन गरिरहेको छ । भेटमा चैत्र १५ गतेको सम्पूर्ण जानकारी रिपोर्ट,भिडियो र प्रत्यक्षदर्शीको भनाइ लगायतका विवरण एभिन्यूजले अन्र्तराष्ट्रिय संस्था रिपोर्टर्स विथआउट बोर्डर्सलाई उपलब्ध गराएको छ । छलफलमा स्वर्गीय रजकको श्रीमती सहित परिवारका सदस्यको समेत उपस्थिती रहेको थियो । 

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *