समाज

एभिन्यूज प्रभाब : बेवारिसे बनेको रातु मित्र पार्क सरसफाई गरि सर्वसाधारणका लागि खुल्ला

एभिन्यूज प्रभाब : बेवारिसे बनेको रातु मित्र पार्क सरसफाई गरि सर्वसाधारणका लागि खुल्ला

महोतरी । बेवारिसे र चरिचरनको थलो बनेको महोतरीको बर्दिवास नगरपालिका १ स्थित रातु नदीको तटमा निर्माण गरिएको रातु मित्र पार्कको सरसफाई तथा गोडमेल गरि पार्क सर्वसाधारणका लागि खुल्ला गरिएको छ । 

महोतरीको रातु मित्रपार्क संरक्षणका अभावमा अलपत्र परेको समाचार एभिन्यूज खबरले प्रशासरण गरेपछि गौतम होटल बर्दिवासले पार्कको सरसफाई  बिरुवाहरूको कटिङ्घ, गोडमेल रंगरोगन र ओछ्याइएका टाइलमा झार हटाउने काम गरेको हो । 

बर्दिवास नगरपालिका, बन तथा भुसंरक्षण र मधेश प्रदेश बन मन्त्रालयको २ करोड २६लाख ३८ हजार ४६ रुपैयाको लागतमा  महेन्द्र राजमार्गदेखि दक्षिण रातु खोलाको पश्चिमी किनारको तटबन्धमा पार्क निर्माण भएपनि अलपत्र थियो । 

पार्कमा १६ प्रजातीका २ हजार ८ सय बिरुवाहरूको रेखदेख संरक्षण नभएको र ओछ्याइएका टाइलमा झार पलाउन थालेपछि सफाइ गरिएको हो । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *