समाज

राष्ट्रपति पौडेलबाट नागरिकता ऐन विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलबाट नागरिकता ऐन  विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐनको संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । 

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेलले नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक आइतबार (आज) प्रमाणीकरण गरेका हुन् ।  

सङ्घीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *