प्रदेश

कालीगण्डकीको अवैध उत्खनन रोक्न चित्रबहादुरले गराए सरकारको ध्यानाकर्षण

कालीगण्डकीको अवैध उत्खनन रोक्न चित्रबहादुरले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कालीगण्डकी नदीबाट अवैध रुपमा बालुवा, ढुङ्गा गिटी उत्खनन गर्ने शृङ्खला बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै अध्यक्ष केसीले प्राकृतिक संरचना नै बिग्रिने गरी कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा दोहन हुन थालेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । अध्यक्ष केसीले कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा नझिक्नु भनेर सर्वोच्च अदालतले आदेश गर्दापनि कर्मचारी र जनप्रतिनिधिहरु मिलेर दोहन गरिरहेको आरोप लगाए ।  केसीले तत्काल उक्त नदीबाट बालुवा, ढुङ्गा गिटी उत्खनन नरोकिए नदी छेउको बाटो नै भासिने जोखिम रहेको बताए । 

कालीगण्डकी नदीबाट अवैध रुपमा भइरहेको बालुवा, ढुङ्गा गिटी उत्खनन रोक्न सम्बन्धित मन्त्रालयले पहल गर्नुपर्ने केसीको भनाइ छ ।  
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *