समाज

जेनजी आन्दोलनपछि संविधान मास्ने प्रयास भएको माओवादी अध्यक्ष दाहालको आरोप

जेनजी आन्दोलनपछि संविधान मास्ने प्रयास भएको माओवादी अध्यक्ष दाहालको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जेनजी आन्दोलनपछि संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउने प्रयास भएको आरोप लगाएका छन । 

संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा उनले आन्दोलनका क्रममा संसद् विघटन मात्रै होइन संविधान खारेज गर्ने र राष्ट्रपतिलाई त्यो पदबाट हटाउन के कस्ता कसरत भयो भन्ने मैले नजिकबाट हेर्ने र बुझ्ने मौका पाएको बताएका हुन् । 

अध्यक्ष दाहालले आफूले समस्याको सहजीकरणका लागि रातभर बसेर राष्ट्रपति रामचन्द्र पौडेलसहित सेनापति र अन्य दलका नेताहरुसँग संवाद गरेर अन्तरिम सरकार बनाएर संविधान बचाउन भूमिका खेलेको बताए ।

अध्यक्ष दाहालले राष्ट्रपति पौडेल निकै अप्ठ्यारो परिस्थितिमा संविधानलाई बचाउन सफल भएको भन्दै बधाई समेत दिए । अध्यक्ष दाहालले माओवादी केन्द्रले बीचमा थुप्रै कमी कमजोरी गरेको भएपनि आत्मसमीक्षा गरेको र माओवादी केन्द्र फरक चिज भएको बताए । 

जनभावना कसरी सम्बोधन गर्ने भन्नेमा नेतृत्व सजग रहेको बताउँदै जस्तोसुकै क्रमभंग गर्न पनि नेतृत्व तयार रहेको अध्यक्ष दाहालको भनाइ छ । संविधानमार्फत स्थायित्व र विकासका निम्ति नयाँ संशोधनको तयारी गर्ने र निर्वाचनको वातावरण बनाउन मेहनत गर्नुपर्ने अहिलेको आवश्यकता रहेको दाहालको भनाइ छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *