मुख्य समाचार

इरानको आणविक केन्द्र नष्ट नभएको अमेरिकी गुप्तचरको मूल्याङ्कन

इरानको आणविक केन्द्र नष्ट नभएको अमेरिकी गुप्तचरको मूल्याङ्कन

एजेन्सी । अमेरिकी सेनाले इरानका तीनवटा परमाणु स्थलहरूमा गरेको आक्रमणले देशको परमाणु कार्यक्रमका मुख्य संरचना नष्ट नगरेको अमेरिकी गुप्तचरको प्रारम्भिक मूल्याङ्कनले देखाएको छ। 

उक्त रिपोर्ट अनुसार त्यहाँको संरचना एक महिनामा फेरि तयार हुन सक्नेछ । यो मूल्याङ्कन अमेरिकी रक्षा मन्त्रालय अन्तर्गतको गुप्तचर संस्था डिफेन्स इन्टेलिजेन्स एजेन्सी (डीआईए) ले तयार पारेको हो।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकी सेनाको केन्द्रीय कमाण्डले आक्रमणपछिको क्षतिको प्रारम्भिक मूल्याङ्कन गरेपछि यो निष्कर्ष निकालिएको हो।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यालोलिन लेभिटले यसलाई अमेरिकी गुप्तचर निकाय र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई असफल बनाउन गरिएको गलत प्रयास भनेकी छन् । उनले सामाजिक सञ्जालको पोस्टमा आफ्नो धारणा सार्वजनिक गर्दै यो रिपोर्ट गलत भएको दाबी गरेकी हुन् ।

यस मूल्यांकनको अस्तित्वलाई ह्वाइट हाउसले स्वीकारे पनि त्यससँग असहमति जनाएको समाचारमा उललेख छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *