मुख्य समाचार

एभिन्यूज खबरको महाप्रबन्धकमा असिम दीप गुरुङ नियुक्त

एभिन्यूज खबरको महाप्रबन्धकमा असिम दीप गुरुङ नियुक्त

काठमाडौ। एभिन्यूज खबरको महाप्रबन्धकमा असिम दीप गुरुङ नियुक्त भएका छन्। नवनियुक्त गुरुङलाई हालै एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको छ। समारोहमा एभिन्यूज खबरका कार्यकारी अध्यक्ष भास्करराज कर्णिकारले महाप्रबन्धक गुरुगलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिए । 

समारोहमा संस्थाका सीओओ प्रमुख सञ्चालन अधिकृत समृद्धि राजकर्णिकार, कार्यकारी निर्देशक प्रेम रिमाल लगायतले पनि नवनियुक्त महाप्रबन्धक गुरुङलाई बधाई तथा शुभकामना दिएका थिए । नवनियुक्त महाप्रबन्धक गुरुङले एभिन्यूज खबरको विश्वसनियतालार्ई दर्शक माझ अझ प्रभावकारी बनाउन लागिपर्ने बताए ।

विगत १८ वर्षदेखि नेपालको टेलिभिजन क्षेत्रमा अग्रणी भूमिकामा रहेको एभिन्युज खबर अहिले पनि दर्शकहरु माझ सबैभन्दा विश्वसनीय र भरपर्दाे मानिन्छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *