मुख्य समाचार

एसिया कप : सुपर फोरमा आज भारत र पाकिस्तान भिड्दै

एसिया कप : सुपर फोरमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं । एसिया कपको सुपर फोरमा आज भारत र पाकिस्तान खेल्दैछन् ।

दुई देशबीचको खेल आज राती सवा आठ बजे यूएईमा शुुरु हुनेछन । समूह चरणमा विजेता र उपविजेता बनेका भारत र पाकिस्तानले सुपर फोरमा भेट पक्का गरेका हुन् । 

समूह चरणको भेटमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको थियो । भारत अपराजित टिम हो । समूह चरणका तीन खेलमा तीन जितसहित ६ अंक जोडेको भारत समूह विजेता हो । समूह चरणको भेटमा भारतसँग पराजित पाकिस्तानले ४ अंककासाथ समूहमा दोस्रो बन्दै सुपर फोरमा पुगेको हो । 

समूह ‘ए’बाट भारत र पाकिस्तानले सुपर फोरमा स्थान बनाउँदा समूह ‘बी’बाट श्रीलंका र बंगलादेश सुपर फोर प्रवेश गरेका छन् ।  सुपर फोरको पहिलो खेलमा बंगलादेशले विजयी शुुरुवात गरेको छ । शनिबार राति भएको खेलमा श्रीलंकालाई चार विकेटले हराउँदै बंगलादेशले दुई अंक जोडेको हो । 

आठ टिम सहभागी एसिया कपबाट अफगानिस्तान, ओमान, यूएई र हङकङ भने समूह चरणबाटै बाहिरिएका छन् । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *