मुख्य समाचार

एसिसी यु-१६ कप क्रिकेट : जापानमाथि नेपालको जित

एसिसी यु-१६ कप क्रिकेट : जापानमाथि नेपालको जित

काठमाडौं । नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

नेपालले आज भएको खेलमा जापानलाई ९ विकेटले हराएको हो । जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा ८० रनमा अलआउट भएको थियो । 

नेपालले पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको थियो । यू-१६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ । नेपाल समूह ए मा सिंगापुर, इन्डोनेसिया, जापान र भुटानसँगै छ ।

नेपालले अब तेस्रो खेलमा २९ जुनमा सिंगापुरसँग खेल्नेछ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *