मुख्य समाचार

एसिसी यु-१६ कप क्रिकेट : आज नेपाल र जापान भिड्दै

एसिसी यु-१६ कप क्रिकेट : आज नेपाल र जापान भिड्दै

काठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले आज जापानसँग खेल्दैछ । 

मलेशियाको कोजल टुन्कु जाफर ओभरल क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान पौने आठ बजट खेल शुरु हुनेछ । 

आइतबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई छ विकेटले हराएको थियो । १६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन् ।

समूह ‘ए’ मा नेपालसहित सिंगाापुर, इन्डोनेसिया, भूटान र जापान छन् । यस्तै समूह ‘बी’ मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् ।

समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल असार २१ गते हुने तालिका छ  ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *