मुख्य समाचार

एसीसी यु-१६ : आज मलेसियासँग भिड्दै नेपाल

एसीसी यु-१६ : आज मलेसियासँग भिड्दै नेपाल

काठमाडौं । १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा आज नेपालले आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

समूह चरणमा अपराजित रहँदै समूह ‘ए’को विजेता बनेको नेपालले समूह ‘बी’को उपविजेता आयोजक मलेसियासँग सेमिफाइनल भेट पक्का गरेको हो ।मलेसिया र नेपालको सेमिफाइनल आज बिहान पौने ८ बजे मलेसियाको क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबमा हुँदैछ।

समूह चरणको पहिलो र दोस्रो खेलमा क्रमशः सिंगापुर र जापानविरुद्ध ६ र नौ विकेटको जित निकालेको नेपालले तेस्रो खेलमा इन्डोनेसियामाथि ३७० र अन्तिम खेलमा भुटानविरुद्ध २९८ रनको शानदार जित निकालेको थियो ।

१६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन् । समूह ए मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भूटान र जापान छन् । यस्तै, समूह बी मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् । 

प्रतियोगिताको फाइनल खेल असार २१ गते हुने तालिका छ ।
 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *