Siddarth bankविज्ञापन
मुख्य समाचार

भारी वर्षाबाट हुनसक्ने जोखिमप्रति सतर्क  रहन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह

भारी वर्षाबाट हुनसक्ने जोखिमप्रति सतर्क  रहन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह

काठमाडौ । जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेदेखि २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ । यसै क्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न नदी–खोलामा पानीको सतह बढ्ने र बाढीको जोखिम रहने भएकाले सतर्क रहन सुझाइएको छ । नारायणी, कर्णाली, महाकाली लगायतका ठूला नदीमा जलस्तर बढ्ने सम्भावना रहेकाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

बाढी–पहिरो र डुबानको उच्च जोखिम रहेकाले सम्भावित प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानतर्फ सर्न, अत्यावश्यक सामग्री सुरक्षित राख्न, आपत्कालीन निकास मार्गको जानकारी राख्न तथा सूचना–सन्देशलाई निरन्तर ध्यान दिन प्राधिकरणले आग्रह गरेको छ ।

यस्तै, सडक सञ्जाल, पुल, खानेपानी, बिजुली लगायतका पूर्वाधारमा क्षति पु¥याउन सक्ने सम्भावना भएकाले सम्बन्धित निकायलाई अग्रिम तयारी र तत्काल प्रतिकार्यमा जुट्न निर्देशन दिइएको छ ।

प्राधिकरणले आपत्कालीन उद्धार, राहत तथा सहयोगमा संलग्न संघ–संस्थाहरूसँग निरन्तर समन्वयमा रहन जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहलाई पनि सतर्क रहन आग्रह गरेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *