समाज

पहिरोको कारण कान्तिलोकपथ अवरुद्ध

पहिरोको कारण कान्तिलोकपथ अवरुद्ध

बागमती । मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ । 
    
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ ।

आज बिहान ३ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । 
रासस 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *