मुख्य समाचार

क्लब लिग भलिबलको महिलातर्फ एपीएफकोलगातार तेस्रो जित

क्लब लिग भलिबलको महिलातर्फ एपीएफकोलगातार तेस्रो जित

सातौं संस्करणको महिला तथा पुरुष क्लब लिग भलिबलमा महिला तर्फ नेपाल एपीएफ क्लबले लगातार तेस्रो जित दर्ता गरेको छ ।  त्रिपरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको आज भएको पहिलो खेलमा एभरेष्ट भलिबल क्लबलाई पराजित गर्दै विभागीय टोली नेपाल एपीएफले फाइनल नजिक पुगेको हो । उपाधी दावेदार मानिएको एपीएफले एभरेष्टलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एपीएफले २५–९, २५–१२, २५–१२ ले तीनै सेट जितेर खेल आफ्नो पक्षमा पारेको हो । एपीएफ ३ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा रहेको छ । एपीएफले पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई र दोस्रो खेलमा गण्डकी प्रदेशलाई पराजित गरेको थियो । एभरेष्टको भने यो लगातार तेस्रो हार हो । आज नै महिला तर्फ थप एक खेल र पुरुष तर्फ तीन खेल हुने तालिका छ । प्रतियोगितामा महिला तर्फ छ तथा पुरुष तर्फ सात टोलीको सहभागीता रहेको छ । महिला र पुरुष तर्फ शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।। 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *