समाज

नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिक पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिक पक्राउ

रुपन्देही । रुपन्देही प्रहरीले ठूलो मात्रामा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत, कानपुर नौवस्ति बस्ने २५ वर्षिय अभिषेक यादव रहेका छन्  । पक्राउ परेको यादव कसैको लागि काम गर्ने कामदार मात्र रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ । 

सिद्धार्थनगर १ स्थित बेलहिया बसपार्कमा रहेको होटल मुक्तिनाथमा प्रवेश गर्न लाग्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनको सुटकेस खानतलासी गर्दा त्रिभुवन विश्वविद्यालयका १०० वटा ट्रान्सक्रिप्ट र ३६ वटा खाली प्रमाणपत्र लगायत सामाग्री बरामद भएको छ । 

रुपन्देही जिल्लामा यति ठूलो परिमाणमा नक्कली प्रमाण पत्र फेला परेको यो पहिलो पटक हो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *