समाज

काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश

काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश

काठमाडौं । काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल जोशीले मंगलबार (आज) बिहान साढे ८ बजेदेखि लागू हुने गरी काठमाडौं महानगरको चक्रपथभित्र कर्फ्यू आदेश जारी गरेका हुन्।

कर्फ्यू अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन बमोजिम काठमाडौं महानगरपालिकाभित्रका विभिन्न क्षेत्रमा लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको छ ।

काठमाडौं महानगरपालिका चक्रपथ क्षेत्रभित्र बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयंम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भूभागमा कर्फ्यु आदेश लागु हुनेछ । 

सो सिमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी जारी आदेशमा उल्लेख छ । 

कफ्युको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरू, सञ्चारकर्मीहरू, पर्यटक सवारी साधनहरू, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरू र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीहरूको सहजीकरण हुने बताइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *