समाज

जेन-जी आन्दोलनमा घाइते भएका थप दुई जनाको उपचारका क्रममा मृत्यु

जेन-जी आन्दोलनमा घाइते भएका थप दुई जनाको उपचारका क्रममा मृत्यु

काठमाडौं । जेन-जी आन्दोलनका क्रममा गम्भीर घाइते भएका थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

वीर अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका दुई जनाको शुक्रबार राति र शनिबार मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका हुन् । 

आन्दोलनका क्रममा दुवै जनाको टाउकोमा गोली लागेको थियो । यसैगरी, चाबहिल चुच्चेपाटीमा रहेको भाटभटेनीमा आज बिहान ६ शव फेला परेका छन् ।

शव पूरै डढेकाले उनीहरुको पनि सनाखत हुन सकेको छैन । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *