Siddarth bankविज्ञापन
मुख्य समाचार

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भोली नेपाल आउने

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भोली नेपाल आउने

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भोली नेपाल आउने भएका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासले आज एक सूचना जारी गरी लु को नेपाल भ्रमणबारे औपचारिक जानकारी दिएको हो । उनी नेपालमा एमसीसी कार्यान्वयनको अवस्थाबारे जानकारी लिने उद्देश्यले नेपाल आउन लागेका हुन् । २०७८ फागुन १५ मा नेपालले एमसीसी अनुमोदन गरेको थियो । त्यसपछिको कार्यान्वयन प्रक्रियावारे जानकारी लिन उनले नेपाल भ्रमण गर्न लागेका हुन् ।  नेपाल भ्रमणको क्रममा लु ले नेपालका राजनीतिक दलका नेतासँग भेट गर्ने बताइएको छ । लु ले यसअघि पनि दुई पटक नेपाल भ्रमण गरिसकेका छन । उनी अमेरिकी विदेशमन्त्रालयका प्रभावशाली सहायकमन्त्री मानिन्छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *