मुख्य समाचार

अमेरिकाद्वारा इरानमा आक्रमण, ३ वटा परमाणु केन्द्रमा बमबारी

अमेरिकाद्वारा इरानमा आक्रमण, ३ वटा परमाणु केन्द्रमा बमबारी

एजेन्सी ।  अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा सफल हवाई आक्रमण सम्पन्न गरेको बताएका हुन् । ट्रम्पका अनुसार  फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा अमेरिकी सेनाले आक्रमण गरेको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इरानका परमाणु केन्द्रमा आक्रमण गरी अमेरिकी विमान इरानको हवाई क्षेत्रबाट बाहिरिसकेका जानकारी पनि ट्रम्पले दिएका छन् ।

इजरायल र इरानबीच युद्ध चलिरहेका बेला अमेरिका पनि इरानविरुद्धको आक्रमणमा उत्रिएको हो । इजरायलले इरानविरुद्ध १३ जुनदेखि आत्रमण शुरु गरेको थियो । 

उक्त आक्रमणमा अहिलेसम्म इरानमा ६५७ जनाको मृत्यु भइसकेको र २००० बढी घाइते भएका छन् । यसैगरी इरानले गरेको आक्रमणबाट इजरायलमा २४ जना मात्र मारिएको समाचारमा उल्लेख छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *