समाज

समाजवादी क्रान्तिका लागि सबै माओवादी लिगेसी बोकेकाहरू एकतावद्ध हुनुपर्छः गङ्गानारायण श्रेष्ठ

समाजवादी क्रान्तिका लागि सबै माओवादी लिगेसी बोकेकाहरू एकतावद्ध हुनुपर्छः गङ्गानारायण श्रेष्ठ

ललितपुर । नेपाल समाजवादी पार्टी (नेसपा) बाट नेकपा (माओवादी केन्द्र)मा समायोजन हुनुभएका नेता गङ्गानारायण श्रेष्ठले समाजवादी क्रान्तिका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । 

सोमवार ललितपुरको ग्वार्कोमा भएको नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । श्रेष्ठले विगतको क्रान्तिको नेतृत्वको पुष्पकमल दाहाल प्रचण्डले गरेको बताउँदै फेरि दाहालकै नेतृत्वमा अर्को समाजवादी क्रान्ति गर्नुपरेको बताए । उनले समाजवादी क्रान्तिका लागि सबै माओवादी लिगेसी बोकेकाहरू एकतावद्ध हुनुपर्नेमा जोड दिए ।

श्रेष्ठले कम्युनिस्ट, क्रान्तिकारी, वामपन्थी र प्रगतिशील अग्रगामी सोच राख्नेहरू समाजवादी क्रान्तिको महाअभियानमा लामबद्ध हुनुपर्ने जिकिर गरे । उनले प्रचण्डले नेतृत्व गरेको समाजवादी क्रान्तिले ०८४ को निर्वाचन अगाडी नै देशमा ठूलो राजनीतिक ध्रुविकरण गर्ने र समाजवादको यात्रालाई फराकिलो बनाउने विश्वास व्यक्त गरे । 

माओवादी केन्द्रमा समायोजन भएपछि केन्द्रीय सचिवको जिम्मेवारी प्राप्त गरेका श्रेष्ठले सबै कम्युनिस्टहरू एकतावद्ध भएर नयाँ यात्रामा अघि बढे नयाँ गन्तव्यमा पुग्ने विश्वास व्यक्त गरे । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *