मुख्य समाचार

भारतीय नागरिकहरुलाई स्वदेश फर्काउन एयर इण्डिया र इन्डिगो एयरलाइन्सले विशेष उडान सुरु

भारतीय नागरिकहरुलाई स्वदेश फर्काउन एयर इण्डिया र इन्डिगो एयरलाइन्सले विशेष उडान सुरु

काठमाडौ । नेपालमा गत भदौ २३ गते भएको जेएनजीको आन्दोलनका क्रममा नेपालमा रोकिएका भारतीय नागरिकहरुलाई स्वदेश फर्काउन एयर इण्डिया र इन्डिगो एयरलाइन्सले विशेष उडान सुरु गरेका छन् । नेपालमा भएको हिंसात्मक प्रदर्शनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा भन्दा लामो समय बन्द हुँदा काठमाडौँमा रहेका भारतीयसहित विदेशी यात्रुहरु अलपत्र परेको भन्दै नागरिक उड्डयन मन्त्रालयले आफ्ना नागरिकलाई स्वदेश फर्काउन एयर इन्डिया र इन्डिगोसँगको समन्वयमा अतिरिक्त उडानको व्यवस्था गरेको हो । युवाहरूको अगुवाइमा भएको बृहत् प्रदर्शन हिंसात्मक बन्दा ३० जनाको मृत्यस भएपछी काठमाडौँमा जनजीवन बिस्तारै सामान्य बन्दै गएको छ । केपी शर्मा ओली नेतृत्वको सरकार विरुद्ध भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्धको आन्दोलन व्यापक आक्रोशमा परिणत हुँदा हिंसात्मक बनेको थियो । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *