काठमाडौं । प्रमुख प्रतिपक्ष राजनीतिक दल नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध सडक संघर्षको तयारी गर्ने निर्णय गरेको छ ।
बिहीबार (आज) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले वर्षायाम र चाडबाड सकिएपछि सडक संघर्ष शुरु गर्ने गरी तयारी गरेको जानकारी गराएका हुन् ।
प्रवक्ता सापकोटाले सरकारले जनताका मागहरू सम्बोधन नगरेको र सुशासनको मामला कमजोर बनेको बताएका छन् । उनले मध्यपहाडी लोकमार्गमा यहि भदौ २१ गतेदेखि पार्टीको अभियान पुनस् शुरु गर्ने निर्णय समेत गरेको बताए ।
पार्टीको अनुशासन र गुट(उपगुट अन्त्य गर्ने लगायतका विषयमा पनि छलफल भएको तर निर्णय नभएको उहाँको भनाइ छ ।