समाज

डोजर चलेपछि सुकुम्बासीले गरे प्रहरीमाथि ढुंगामुढा प्रहार

डोजर चलेपछि सुकुम्बासीले गरे प्रहरीमाथि ढुंगामुढा प्रहार

काठमाडौं । मनोहरा किनारको सुकुम्बासी बस्तीमा डोजर चलेपछि प्रहरीमाथि ढुंगा प्रहार भएको छ । 

बस्तीमा डोजर चलेपछि काठमाडौं महानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि सुकुम्बासीहरुले ढुंगामुढा प्रहार गरेका हुन् । 

महानगरको नगर प्रहरीको टोली सुकुम्बासी बस्तीमा बनेको नयाँ बनेका घर टहरा हटाउन डोजर लिए पुगेका थिए । सोही क्रममा  सुकुम्बासी र नगरप्रहरीबीच झडपको अवस्था आएको हो । मनोहरा किनारमा रहेको सुकुम्बासी बस्तीमा बनेको घरमा महानगरले डोजर चलाएपछि स्थानीयहरु आक्रोशित भएका हुन । 

गत साउन ८ गते गोरखापत्रमा सूचनामा जारी गरेर व्यक्तिको जग्गामा बनेको संरचना हटाउन ७ दिनको  समय दिएको थियो । व्यक्तिको जग्गामा नयाँ  संरचना बनेपछि महानगरले डोजर चलाएको हो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *