मुख्य समाचार

एएफसी महिला एसियन कप छनोट : आज  नेपाल र श्रीलंका भिड्दै

एएफसी महिला एसियन कप छनोट : आज  नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । एएफसी महिला एसियन कप छनोटमा नेपालले आज श्रीलंका सँग खेल्दैछ । 

खेल उज्बेकिस्तानमा साँझ सवा ६ बजे शुुरु हुनेछ । खेलमा श्रीलंका उच्वेकिस्तानसँग १०–० गोलले पराजित टोली हो भने नेपालले लाओसलाई ९–० गोलले हराएको थियो । 

उज्बेकिस्तानमा आइतबारबाट शुरू भएको समूह ‘एफ’को छनोटमा नेपालले रवाफिलो प्रदर्शन गर्दै लाओसलाई हराएको हो । छनोटमा नेपालले शनिबार आयोजक उज्बेकिस्तानसँग खेल्ने तालिका छ । यो खेलको कप्तानी सावित्रा भन्डारीले सम्हालेकी छिन्  

महिला फुटबलमा नेपाल श्रीलंकासँग हालसम्म अपराजित छ । श्रीलंकासँग खेलेको ८ वटै खेल नेपालले जितेको छ । फिफा वरियतामा नेपाल १००औं तथा श्रीलंका १५९औं स्थानमा छन् ।

समूह एफमा नेपाल उज्बेकिस्तान, लाओस र श्रीलंका छन् । फिफा वरियतामा ५१औं स्थानमा रहेको उज्बेकिस्तान यस समूहको सबैभन्दा बलियो टोलीको रूपमा छ ।

समूहमा शीर्ष रहने टोली आगामी वर्ष अस्ट्रेलियामा हुने महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *