Siddarth bankविज्ञापन
समाज

पर्वतको कालिगण्डकी नदीमा भैरहेको दोहन रोक्न प्रशासनको ध्यानाकर्षण

पर्वतको कालिगण्डकी नदीमा भैरहेको दोहन रोक्न प्रशासनको ध्यानाकर्षण

पर्वतमा जनप्रतिनिधिहरुले कालिगण्डकी नदीमा भैरहेको दोहन रोक्न माग गर्दै प्रशासनको ध्यानाकर्षण गराएका छन ।

प्रहरी लगायतकै मिलेमतोमा दोहन भैरहेको भन्दै फलेवास नगरपालिका वडानम्बर चारका वडाध्यक्ष अच्यूत तिवारी नेतृत्वको टोलीले प्रशासनको ध्यानाकर्षण गराएको हो । असार साउन भदौ महिनामा सरकारले नदीमा उत्खननमा रोक लगाएपनि पर्वतमा भने दिन रात नदीजन्य सामाग्री उत्खनन भैरहेको जनप्रतिनिधिको भनाइ छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले तस्करी र अबैध दोहन रोक्न सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । जिल्ला प्रहरी कार्यालयले भने नदी दोहन रोक्न माग गरिएको ध्यानाकर्षण पत्र बुझ्न अस्वीकार गरेको छ । 

खोलामा आधुनिक उपकरण प्रयोग गरेर उत्खनन गर्न नपाउने नियम भएपनि पर्वतमा त्यसको कार्यान्वयन भएको छैन । केही दिनअघि प्रशासनले अबैध रुपमा उत्खनन गरिएका सामाग्री जिल्ला समन्वय समिति नेतृत्वको अनुगमन टोलीले जफत गरेको थियो ।

 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *