काठमाडौ । उद्योगी व्यवसायीहरुले नेपालमा कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुने अवस्था नबनेसम्म दिगो आर्थिक विकास सम्भव नहुने बताएका छन् । बिहीबार काठमाडौँको सानो गौचरनमा नेपाल चेम्बर अफ कमर्स अस्ट्रेलियाले आयोजना गरेको छलफलमा सहभागी उद्योगी व्यवसायीहरुले देशको आर्थिक रूपान्तरणका लागि व्यावहारिक नीतिगत सुधार र राजनीतिक स्थायित्व आवश्यक रहेको बताएका हुन् । उनीहरुले व्यवसायिक वातावरण सुधार गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको स्पष्ट पारे ।
उद्योगी व्यवसायीहरुले विश्वका ८३ राष्ट्रमा रहेका नेपालीहरूलाई एकीकृत च्याम्बर नेटवर्कमार्फत जोडेर वैदेशिक लगानी आकर्षित गर्न सकिने बताए । कार्यक्रममा कलाकार र विश्लेषकहरुले देशलाई वर्तमान जटिल अवस्थाबाट निकाल्न राज्यका सबै संरचनाहरू बलियो बनाउनुपर्ने आवश्यकता औंल्याए । उनीहरूले शासन प्रणाली सुदृढ र पारदर्शी भए मात्र राष्ट्र सबल र आत्मनिर्भर बन्ने बताए ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायी, कानुन व्यवसायी, मिडिया प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।।