काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले आफूमाथि लागेका मानव बेचबिखनका आरोपहरूलाई राजनीतिक षड्यन्त्रको संज्ञा दिएकी छन ।
उनले संवैधानिक परिषद्मा नेपाली कांग्रेसको प्रतिनिधित्व नहुनु र आफ्नो विपक्षी भुमिकाका कारण यस्ता आरोपहरू लगाइएको बताएकी हुन् । संवैधानिक परिषद्मा काँग्रेसको कुनै प्रतिनिधि नहुनु र म विपक्षी सदस्य भएकाले ठूला दलहरूले बहुमत सिद्ध गर्न आफुलाई हटाउन खोजेको उनको दाबी छ ।
उपसभामुख रानाले ‘मानव बेचबिखन’को आरोप समेत आधारहीन भएको बताइन् । आरोपहरूको खण्डनका लागि बच्चाहरू र अभिभावकहरू नै मुख्य प्रमाण भएको उनको भनाइ छ ।
आफ्नो ३५ वर्षको बालसंरक्षण कार्यलाई कलंकित नबनाउन पनि उनको आग्रह छ ।