मुख्य समाचार

अमेरिका र इजरायलले गरेको आक्रमणममा अत्यधिक क्षति भएको इरानको स्वीकार

अमेरिका र इजरायलले गरेको आक्रमणममा अत्यधिक क्षति भएको इरानको स्वीकार

एजेन्सी । इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिका र इजरायलले गरेको आक्रमणममा आणविक स्थलहरूमा “अत्यधिक र गम्भीर“ क्षति भएको स्वीकार गरेका छन् । 

उनले आणविक स्थलहरुमा भएको क्षतिको बारेमा मूल्यांकन भइरहेको बताएका छन् । उनले अमेरिकासँग अर्को साता वार्ताको कुनै तयारी नरहेको पनि प्रष्ट पारेका छन् । इजरायलसँगको १२ दिने युद्धपछिको अवस्थामा अमेरिकासँग आणविक वार्ता पुनः शुुरु गर्न लागेको भन्ने खबरलाई इरानले विदेशमन्त्री अब्बासले अस्वीकार गरेका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनले वार्ता शुुरु गर्न कुनै योजना नभएको र यसबारे सहमति वा संवाद पनि नभएको प्रष्ट पारेका छन् । इजरायली आक्रमणबाट इरानी आणविक केन्द्रमा पुगेको क्षतिको अध्ययनपछि मात्र कुटनीतिक निर्णय लिइने उनले जानकारी दिए । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने केहि दिनअघि विशेष दूत स्टिभ विटकॉफ मार्फत आगामी सातादेखि इरानसँग “समग्र शान्ति सम्झौताको लागि वार्ता शुुरु हुने दाबी गरेका छन् । उता इरानी संसदले राष्ट्रसंघीय आणविक निगरानी संस्थासँगको सहकार्यलाई निलम्बन गर्ने बाध्यकारी प्रस्ताव पारित गरेको छ ।  

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *