काडमाडौं । एसीसी सोर्ह वर्ष मुनि पुरुष इस्ट जोन कपमा नेपालले इन्डोनेसिया सामु ४ सय २१ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको क्वालालाम्पुरस्थित सालाङगोर टर्फ क्लबमा इन्डोनेसियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली युवा टोलीले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ४ सय २० रनको योगफल तयार पारेको हो ।
नेपालका लागि ओपनर प्रसिद्ध जैसी र परिमर्जन यादवले ६२ बलमा १ सय ३० रनको साझेदारी गरे । जैसीले १ सय ३२ रन र यादवले ७१ रनको योगदान दिए । रौनक श्रीवास्तव ८८, जय थापा ५७ , सुगम बुढाथोकी ३९ र रोशन शाही १० जोडे ।
इन्डोनेसियाका केतुत दर्मा पुत्राले दुई विकेट लिए भने काभिन नीरज, महेन्द्रा आजी र रेहान रिजाले एक ए विकेट लिए । हालसम्म नेपालले खेलेका दुवै खेल जितेको छ । नेपालले पहिलो खेलमा पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा जापानलाई ९ विकेटले पाखा लगाएको थियो ।
समूह ए मा नेपालभन्दा २ खेल बढी खेलेको सिंगापुर ४ खेलबाट ३ जितसहित ६ अंक जोडेर शीर्षस्थानमा छ भने २ खेलमा ४ अंक भएको नेपाल दोस्रोमा छ । इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ । नेपाल समूह ए मा सिंगापुर, इन्डोनेसिया, जापान र भुटानसँगै छ ।
नेपालले यसपछि भुटानसँग खेल्न बाँकी छ ।