मुख्य समाचार

एसीसी यु–१६ : नेपालले दियो भुटानलाई ३५९ रनको विशाल लक्ष्य

एसीसी यु–१६ : नेपालले दियो भुटानलाई ३५९ रनको विशाल लक्ष्य

काठमाडौं । एसीसी सोर्‍ह वर्ष मुनि पुरुष इस्ट जोन कपमा नेपालले भुटानसामु ३५९ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

मलेसियामा जारी आजको खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा ३५८ रन बनाएको हो। नेपालका लागि रौनक श्रीवास्तवले सर्वाधिक रन बनाए। १३३ बल खेलेका उनले १६ चौका र पाँच छक्काको मद्दतले १६८ रन जोडे।

नेपाल यसअघि तीनवटै खेलमा विजयी हुँदै समूह ‘ए’मा शीर्ष स्थानमा रहँदै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ । नेपालले सिंगाापुरलाई छ , जापानलाई नौ र इन्डोनेसियालाई चार सय २१ रनको फराकिलो अन्तरले हराएको थियो । नेपालसँगै समूह ‘ए’बाट चार खेलमा छ अङ्कसहित दोश्रो स्थानमा रहेको सिङ्गापुर पनि सेमिफाइनलमा पुगेको छ ।

यस्तै, समूह ‘बी’बाट मलेशिया र हङकङ सेमिफाइनलमा प्रवेश गरेका छन् । १६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन् । समूह ए मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भूटान र जापान छन् । 

यस्तै, समूह बी मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् । सेमिफाइनलका खेलहरु बिहीबारदेखि शुरु हुनेछ । प्रतियोगिताको फाइनल खेल असार २१ गते हुने तालिका छ ।
 

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *