Siddarth bankविज्ञापन
मुख्य समाचार

एसीसी यु-१६ : इन्डोनेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

एसीसी यु-१६ : इन्डोनेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले अहिले इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ।

मलेसियामा जारी प्रतियोगितामा आइतबार बिहान टस जितेर इन्डोनेसियाले फिल्ड रोजेपछि नेपालले शुरुमा ब्याटिङ गर्न लागेको हो।

समूह ए मा अपराजित रहेको नेपाली युवा टोली लगातार तेस्रो जित निकाल्दै समूह चरणको शीर्ष स्थानमा उक्लन चाहन्छ । समूह चरणको दुई खेलमा जित निकालेको नेपाल ४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । समूह चरणमा खेलेको दुई खेलमध्य एक खेलमा जित र एक खेलमा हार भोगेको इन्डोनेसिया २ अंकसहित तालिकाको चौथो स्थानमा छ । 

समूह चरणको चार खेलमध्ये ३ खेलमा जित र १ खेलमा हार भोगेको सिंगापुर ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । तीन खेलमध्ये एक खेलमा जित र २ खेलमा हार भोगेको जापान २ अंकसहित तेस्रो स्थानमा छ । भुटान अंकविहीन रुपमा पुछारमा छ । 

समूह चरणको पहिलो खेलमा सिगांपुरलाई ६ विकेटले हराएको नेपाली टोलीले दोस्रो खेलमा जापानमाथि ९ विकेटको फराकिलो जित दर्ता गरेको थियो । इन्डोनेसिया भने पहिलो खेलमा सिंगापुरसँग ९ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ९ विकेटले पाखा लगाएको थियो । 

समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध १ जुलाइमा खेल्ने तालिका छ । प्रतियोगितामा सहभागी नेपालसहित १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह बी मा आयोजक मलेसियासहित हङकङ, मालदिभ्स, थाइल्याण्ड र म्यानमार छन् । 

समूह चरणको शीर्ष दुईमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *