समाज

युद्ध जितेको अवसरमा पाकिस्तानी दूतावासले मनायो ‘युम–ए–तशकुर’

युद्ध जितेको अवसरमा पाकिस्तानी दूतावासले मनायो ‘युम–ए–तशकुर’

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘युम–ए–तशकुर’ (कृतज्ञता दिवस) मनाएको छ । 

सो अवसरमा नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले दूतावास प्राङ्गणमा पाकिस्तानको राष्ट्रिय झण्डा फहराएका थिए । भारतविरुद्ध सफल सैन्य अपरेसनको सम्झनामा दूतावासले विशेष कार्यक्रम आयोजना गरेर युम–ए–तशकुर  मनाएको जनाएको छ । झण्डा फहराउँदै राजदूत हाश्मीले भारतविरुद्ध प्रत्याक्रमणको क्रममा मारिएका सैनिक अधिकारी र नागरिकप्रति सम्मान व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।

कार्यक्रममा दूतावासका अधिकारी, नेपालमा बसोबास गर्ने पाकिस्तानी समुदायका सदस्य र तिनका परिवारको सहभागिता थियो । उनीहरुले पाकिस्तानको सुरक्षा फौजले प्रदर्शन गरेको भूमिका स्मरण गर्दै शान्ति, समृद्धि र राष्ट्रिय एकताको कामना गरेका थिए ।

युद्धको क्रममा शान्ति र स्थायित्वको लागि अन्तर्राष्ट्रिय समुदायले खेलेको भूमिकाबारे चर्चा गर्दै हाशमीले भविष्यमा समेत पाकिस्तान कुनै पनि आक्रमणविरुद्ध लड्न तयार रहेको बताए ।

राजदूत हाश्मीले भने, “आज हामी सर्वशक्तिमान अल्लाहप्रति कृतज्ञता व्यक्त गर्दछौं, हालैको भारतीय आक्रमणको सामना गर्दा फेरि पनि प्रदर्शित भएको अटल विश्वास, एकता र दृढ संकल्पको लागि पाकिस्तानका लचिलो जनता र सशस्त्र बलहरूलाई श्रद्धांजलि अर्पण गर्दछौं।” दूतावासले आफ्ना सहकर्मीहरू, पाकिस्तानी समुदाय र नेपाली मित्रहरुको निरन्तर सहयोग र ऐक्यबद्धताको लागि हार्दिक धन्यवाद पनि दिएको छ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *