काठमाडौं । सोलुखुम्बुको सगरमाथा क्षेत्रमा पर्ने डिङ्बोचेस्थित एक होटलमा आगलागी भएको छ।
सगरमाथा आधार शिविर जाने पदमार्गअन्तर्गत ४ हजार ४१० मिटर उचाइमा रहेको होटल गुड लकमा आगलागी भएको स्थानीयले बताएका छन्।
उनीहरूका अनुसार आगलागी भइरहेका बेला डिङ्बोचे क्षेत्रमा हिमपातसमेत भइरहेको छ। आगलागीबाट भएको क्षति र घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।

