समाज

जनबलमा सत्तामा पुगेको अध्यक्ष दाहालको दाबी

जनबलमा सत्तामा पुगेको अध्यक्ष दाहालको दाबी

डोटी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनबलमा आफ्नो पार्टी सत्तामा पुगेको दाबी गरेका छन् । 

शुक्रबारदेखि सुरु भएको जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियान अन्तर्गत आज डोटीमा आयोजित जनसभामा दाहालले  माओवादीलाई कुनै राजनीतिक पार्टीले नभई जनताको मतबाट सत्तामा पुर्‍याएको बताएका हुन् । 

दाहालले भने , “हामीलाई तपाईं हामी जस्तै गरिब, मजदुर, किसान, उत्पीडित वर्ग एवं समुदायले विस्तृत शान्तिसम्झौता हुँदै तीनपटक सरकारको नेतृत्व गर्ने ठाउँसम्म पुर्‍याएका हुन् ।” 

 अध्यक्ष दाहालले आत्मालोचना गर्दै आफूहरू जनतामाझ आएको र उनीहरुका  पीरमर्का बुुझेर तिनलाई सम्बोधनको प्रयास गरिने बताए  । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *