प्रदेश

राजनीतिक दलहरु जनताप्रति भन्दा विदेशी शक्तिप्रति बढी झुकेः पूर्वसभामुख रानाभाट

राजनीतिक दलहरु जनताप्रति भन्दा विदेशी शक्तिप्रति बढी झुकेः पूर्वसभामुख रानाभाट

काठमाडौं । पूर्वसभामुख तारानाथ रानाभाटले नेपालका राजनीतिक दलहरुमा कार्यकर्ताहरु आफ्ना झोले मात्रै बनुन् भन्ने परम्परावादी र सामन्ती सोच कायम रहेको बताएका छन् । 

शनिवार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थाः चुनौति र समाधान विषयक एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै रानाभाटले राजनीतिक दलहरुले आफ्ना कार्यकर्तालाई नेपालको नागरिक, नेपालको नेता, नेपालको कार्यकर्ताको हैसियतबाट प्रस्तुत हुने एउटा परम्परा र संस्कृति सिकाउन जरुरी रहेको उल्लेख गरे । पूर्व सभामुख रानाभाटले पुरानो र सामन्ती शैलीलाई छोडेर यथार्थमा समतावादी, प्रजातन्त्रवादी सोच पूर्वसभामुख रानाभाटले नेपालका राजनीतिक दलहरु मुलुक र जनताप्रति भन्दा विदेशी शक्ति र उनीहरुको ऋणसँग बढी झुकेको बताए ।

 यसलाई मेटाउन सक्नुपर्ने उनको भनाई छ  । रानाभाटले  आफ्नो स्वार्थ भन्दा माथि उठेर राष्ट्रलाई बाटो देखाउनका निम्ति काम गर्नुपर्ने भन्दै न्यायपालिका बाहेकका अरु सम्पूर्ण निकायहरुलाई कडा ढंगले सुझाव दिनुपर्ने बताए ।

पूर्वसभामुख रानाभाटले वर्षको एक पटकको साधारण सभाले पूर्व सांसद मञ्चको कर्तव्य पूरा नहुने उल्लेख गर्दै बहुदलीय व्यवस्थाको लामो अनुभव बटुलिसके पनि नागरिक आशामुखी हुन नसकेको बताए ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *