समाज

बामपंथी नेता प्रदीप नेपालको निधन

बामपंथी नेता प्रदीप नेपालको निधन

काठमाडौं । वामपंथी नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । 

नेपालको ७१ वर्षको उमेरमा आज थापाथली स्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । लामो समयदेखि उनी पार्किन्सन रोगबाट ग्रसित रहेका थिए । उनी केही दिन अघि नर्भिक अस्पतालमा भर्ना भएका थिए । तर सोमबार नेपालको  स्वास्थ्य अवस्था बिग्रिएपछि  आईसीयू (सघन उपचारकक्ष) मा सारेर उपचार गरिएको थियो । नेपालको केहीबेर अघि उपचाररत रहेकै अवस्थामा निधन भएको   नर्भिक अस्पताल स्रोतले जनाएको छ ।  

नेपाल २०५१ सालमा मनमोहन अधिकारीको सरकारमा नेकपा एमालेका तर्फबाट शिक्षा मन्त्री रहेका नेपाल पछिल्लो समय भने राजनीतिमा सक्रिए थिएनन् । नेपाल साहित्यकारका रुपमा समेत परिचित छन् । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *