काठमाडौं । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन् ।
प्रहरीले बस्नेतलाई आज पक्राउ गरेको हो । गत चैत १५ गते राजावादीहरुले काठमाडौंको तीन कुनेमा गरेको आन्दोलन हिंस्रक बनेको थियो । सो घटनामा संलग्न रहेको आरोपमा बस्नेतलाई छानविनका लागि पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।
तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि बस्नेत फरार रहेका थिए । बस्नेतलाई सुकेधाराबाट पक्राउ गरिएको हो ।