प्रदेश

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। 

यसका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। आज बिहान कोशी प्रदेश ,गण्डकी प्रदेश ,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागमा  आंशिक देखी साधारणतया बदली रही थोरै स्थानहरुमा हल्का बर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा  मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷ हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राति कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेश प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग् सहित हल्का वर्षा र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *