काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले संसदीय समितिमा प्रतिपक्षलाई बोल्न रोकिएको भन्दै आपत्ति जनाएका छन् ।
बिहीवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै मोदीले समिति सभापतिसँग आपत्ति जनाएका हुन् । उनले संसद सार्वभौम हुने र सार्वजनिक विषयमा कुरा राख्न पाइने बताए ।
आफूहरुलाई लागेको विषय समितिमा राख्दा रोक्न नमिल्ने भन्दै आफूहरु कसैको दास नभएको बताए । उनले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षको हुनुपर्ने दोहोर्याए । ।
सार्वजनिक लेखा समिति सभापतिमाथि सत्तापक्ष रहुञ्जेलसम्म प्रश्न रही रहने बताए ।