समाज

ओलीको बोली निरंकुशताको पराकाष्ट

ओलीको बोली निरंकुशताको पराकाष्ट

अन्तत : प्रधानमन्त्री केपी शर्मा  ओलीले आफुलाई उत्कृष्ट ब्यवस्थाको निकृष्ट प्रधानमन्त्री हूँ भन्ने प्रमाणित गरेरै छाडे।

राष्ट्रको कार्यकारी प्रमुखले दिएको निर्देशन,दिने लाई भन्दा सुन्नेलाई लाजमर्दाे सुनियो । निरंकुशताको पराकाष्ट हो केपी ओलीले आफ्ना कार्यकर्तालाई दिएको निर्देशन । लोकतन्त्रको हुर्मत लिने काममा केपी ओलीको ईतिहास,राजनितीज्ञ भन्दा तल्लो स्तरमा झरेकै थियो,पछिल्लो उनको अभिव्यक्तिले त उनलाई टोले गुण्डाको नाइकेको दर्जामा झारेको छ।

प्रधानमन्त्री जस्तो मर्यादित ओहोदामा बसेको जिम्मेवार व्यक्तिले अमर्यादित ढंगमा हिंसा र अराजकता निम्त्याउन ठाडो निर्देशन दिनु लोकतन्त्रले कदापी स्वीकार नगर्ने विषय हो । केपी ओली के हुन र को हुन परिचय दिइराख्नु जरूरी छैन।पटक –पटक राज्य संचालनको जिम्मेवारी काँधमा बोकेर कार्यकारी प्रधानमन्त्रीको कुर्सिमा बसेको मान्छेले अराजनीतिक भाषामा द्वन्द निम्त्याउन निर्देशन दिन्छ भने त्यो मान्छे देशप्रेमी हुन सक्तैन।अहंकार र कुण्ठा पोख्ने पद होईन प्रधानमन्त्रीको कुर्सी ।दलीय ब्यवस्थाको सुन्दर पक्ष भनेकै शान्तिपूर्ण भेला भएर दिईने अभिव्यक्ति स्वतन्त्रता हो ।

नागरिकको संवैधानिक अधिकारकै हुर्मत लिन तम्सिने सरकार प्रमुख देशको प्रधानमन्त्री हुन सक्तैन।नागरिक सर्वाेच्चता नै लोकतन्त्रको सर्वमान्य सिद्धान्त हो।विश्वब्यापी लोकतान्त्रिक सिद्धान्त बिपरित गएर अराजकता र हिंसा तर्फ उन्मुख राज्य दुर्गतिको दृष्य हाम्रो आँखा अगाडि दिन दिनै आइरहेको छ।अहिंसा परमो धर्मको अनुयायी हामी नेपाली।हिमाल पहाड तराई,कोही छैन पराईको भाईचारा हाम्रो मुलमन्त्र।सर्वधर्म समभाव राख्ने हाम्रो सामाजिक उत्तरदायित्व।चारजात छत्तिस वर्णको बगैंचामा रमाएका हामी नेपाली, हाम्रो खुशी भाँड्ने जोकोहि होस त्यो व्यक्ति राष्ट्रप्रेमी हुन सक्तैन।

गठवन्धन सरकारले सत्तामोहमा जे जे गर्छ त्यो नागरिकले सहेर स्वीकार गर्नुपर्छ भन्ने सोच पालेको हो भने,यस्तो सोच गठबन्धनका दलहरूकै लागि घातक हो।पछिल्लो केपी ओलीको निर्देशनले राजनीतिक भविष्य कता उन्मुख हुँदैछ स्पष्ट संकेत गरेको छ।राजतन्त्र र हिन्दुराज्यको वकालत गर्दै आएको राप्रपा लगायतका राजावादीहरूको आन्दोलनले कस्तो रूप लेला अहिले नै आँकलन गर्न हतार हुने छ ।

तर प्रधानमन्त्री केपी ओलीले आफ्ना कार्यकतालाई दिएको निर्देशनले राजावादीको आन्दोलन हिंसात्मक नहोला भन्न सकिँदैन।काठमाडौ कब्जा गर्नु भन्ने केपी ओलीको निर्देशन राज्य अराजकता चाहन्छ शान्ति होइन भन्ने कुराको प्रमाण हो।केपी ओेलीको अराजक अभिव्यक्ति स्वीकारेर राज्य आतंक टुलुटुलु हेरेर बस्ने नेपाली कांग्रेस नेकपा एमालेकै शैलीमा द्वन्दमा सरिक हुन्छ कि ओली शैलीको बिरूद्ध उभिन्छ?जनचासो यतातर्फ बढेको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *