समाज

सबै प्रदेशमा श्रम मेला गरिने

सबै प्रदेशमा श्रम मेला गरिने

काठमाडौं । सरकारले आगामी बर्ष सबै प्रदेशमा श्रम मेला गर्ने भएको छ ।

 उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  आगामी बर्षको बजेट प्रस्तुत गर्दै  उहाँले आगामी वर्ष सबै प्रदेशमा श्रम मेला चलाइने बताएका हुन् । 

मन्त्री पौडेलका अनुसार सबै नेपालीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइनेछ भने  निजी क्षेत्रका सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिनेछ । सबै किसिमका भत्ताका लागि १ खर्ब ९ अर्ब विनियोजन गरिएको मन्त्री पौडेलले बताए । पौडेलले आगामी आवको बजेटमा रोजगार पोर्टल सञ्चालन गर्ने घोषणा पनि गरे । 
 थप द्विपक्षीय श्रम सम्झौता र महिलाको कार्यस्थल सुरक्षा सुनिश्चितता गर्न थप सम्झौता गरिने, सरकारले वैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा र सहजता सुनिश्चित गर्न कदम चाल्ने मन्त्री पौडेलले बताए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *