मुख्य समाचार

सरकारको एक वर्ष सफल र उपलब्धिमुलक : एमाले

सरकारको एक वर्ष सफल र उपलब्धिमुलक : एमाले

काठमाडौं ।  नेकपा (एमाले) ले सरकारको एक वर्षे कार्यकाल सफल र उपलब्धीमूलक भएको निष्कर्ष निकालेको छ ।

बुधबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको नीतिगत निर्णय र कार्यान्वयन सन्तोषजनक रहेको पार्टीले निष्कर्ष निकालेको जानकारी दिए ।

सत्तारुढ दलहरु कांग्रेस–एमालेबीचको सम्बन्ध समेत थप मजबुत बन्दै गएको निष्कर्ष पार्टीले निकालेको उनले जानकारी दिए । 

उपमहासचिव ज्ञवालीले दलीय र नीतिगत निर्णयमा स्पष्टता र स्थायित्व देखिएको पार्टीको धारणा रहेको समेत बताए । सडकमा देखिएको विरोधका स्वरहरु कम हुँदै जानु पनि सरकारको सफलता रहेको ज्ञवालीको भनाइ छ ।

यद्यपि सुशासन र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको निष्कर्ष समेत पार्टीको निष्कर्ष रहेको उपमहासचिव ज्ञवालीको भनाइ छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *