समाज

चितवनमा जापानीज इन्सेफ्लाईटिसबाट ३ जनाको मृत्य

चितवनमा जापानीज इन्सेफ्लाईटिसबाट ३ जनाको मृत्य

चितवन । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये तीन जनाको जापानीज इन्सेफ्लाईटिसबाट मृत्यु भएको छ ।

साउन २३ गते देखि भदौ ३ गते सम्मको नमुना परिक्षणका क्रममा ९ जनामा संक्रमण देखिएको छ । ती मध्ये तीन जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

मृत्यु हुनेमा कालिका नगरपालिका राप्ती नगरपालिका र भरतपुर महानगरपालिकाका रहेका छन् ।  गत आर्थिक वर्षमा चितवनमा देखिएका तीन जना संक्रमित मध्ये एक जनाको मृत्यु भएको थियो ।

जिल्लाको कालिका नगरपालिकामा एउटै वडामा दुई जनालाई संक्रमण देखिएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *